०७ जेठ २०८१, सोमबार

दनुवारबासमा कोशी सभा उपसचिव अमात्य घाइते

उपसचिव अमात्य बिराटनगर जाँदै

संबाददाता: सम्बादाता

मदन भणडारी राजमार्ग सडक स्थितको गाईघाट – चुहाडे खण्डको त्रियुगा नगरपालिका ९ झिल्केटोल दनुवारबासमा बिहान मिनिट्रकले स्कारपियोलाई ठक्कर दिदा दुर्घटनामा कोशी प्रदेश सभा सचिबालयको उपसचिव घाईते भएका छ्न ।

बिराटनगरबाट काठमाडौ जाँदै गरेको कोशी प्रदेश सभा सचिवालय को को १ झ ६५६ नम्बर को सरकारी नम्बर प्लेटको स्कारपियो र रौतामाईको सङमाचोकबाट गाईघाट आउदै गरेको प्रदेस १ -०२ ००१ ख ९३२२ नम्बर मिनिट्रकले ठक्कर दिदा स्कारपियो सबार उपसचिव बिराटनगर उपमहानगरपालिका ३ का ५५ बर्षिय गौतम अमात्य घाईते भएका हुन । त्यसैगरी सबार लेटाङ नगरपालिकाकि ५६ बर्षिया रेवा श्रेष्ठ ,२४ बर्षिया रेनिसा श्रेष्ठ र चालक सुर्यनारयण राजबन्शी घाईते भएका छ्न ।

उपसचिव अमात्यको दाहिने कन्चट्मा सातटाका लगाईएको छ भने रेवाको अनुहारमा सामान्य चोट रहेको छ ।

चालक राजबन्सी रेनिसा सामान्य अबस्थामा रहेको जिल्ला ट्राफिक कार्यालयको प्रमुख लोकबहादुर दियालीले बताउनुभयो ।
घाईते उपसचिव अमात्य र रेवा श्रेष्ठ भने टाउकोमा समस्या हुने खतरा भएको हुदा उनिहरु जिल्ला अस्पताल उदयपुरको सामान्य उपचारपछि बिराटनगर न्युरो अस्पताल टाउकोको थप उपचार गर्न रेफर गरिएको जिल्ला प्रहरी कार्यालयको उपरीक्षक ज्ञानेन्द्र फुयालले बताउनुभयो ।

बिहाना साढे सातबजे दुर्घटना भएको थियो ।स्कारापियो सडक किनाराबाट २ मिटर पर ढकेलिएको प्रहरीले जनाएको छ ।