०७ जेठ २०८१, सोमबार

राईदनुवार(डोने) जातिको सांस्कृतिक चिनारी

मातृभाषामा बोलचाल गर्दा “डोने,डोन्याँ ,राईडोने वा राईडोन्याँ

संबाददाता: औलोविजय

 

नेपालको राईदनुवार जाति आदिमकालिन रैथाने मूलबासी हो । आदिबासी जनजाति बर्गभित्र यस जातिलाई अतिसिमान्तकृत,अल्पसंख्यक जातिमा बर्गिकृत गरिएको छ ।

सरकारी सेवाको उच्च पदस्थबिहीन , राजनीतिक पहुँचहीन,सत्तासामर्थहीन,शैक्षिक,आर्थिक सांस्कृतिक एंब सामाजिक संरचनाक धरातल कमजोर भएको आदिबासी जनजाति कित्तामा यस जातिलाई समाहित गर्दै आएका छन् ।

राज्यको पहुँचबाट दुरदराजमा रहेपनि आफ्ना छुट्टै जातिय मौलिकपनले आदिबासी जनजातिहरु माँझ अलग्गै चिनारी दिलाउन सफल बनेको छ । यस जाति,समुदायसित आप्mनै मौलिक मातृभाषा ,संस्कारसंस्कृति ,रितीरिवाज र पुख्र्यौली परम्पराका गर्बिलो चाँङ रहेको पाईन्छ ।
मुलुकभित्रको उपत्यका,दुन,बेशी,खोंच,फाँट र टारका यी रैथाने मूलबासी हुन् । उनीहरु आपूmलाई जलपुत्र, भूमिपुत्र तथा प्रकृतिमाई डोनेश्वर पुत्रका रुपमा मूलआदिबासी भएको स्वीकार गर्दै आएका छन् ।

उनीहरुले आफूहरुलाई अन्य समुदायहरुबीच “राईडोने, राईडोन्याँ, अर्थात् राईदनुवार(डोने)” जाति भनेर चिनाउदै आएका छन् ।
मौलिक संस्कारसंस्कृतिका बिबिधतायुक्त परिबेशबाट परिचित भएको आदिबासी जनजातिमध्ये एक जातिको रुपमा राईदनुवार जातिलाईसमेत मान्न सकिन्छ ।

११ औं जनगणना २०६८ को अनुसार नेपालमा दनुवार जाति ८४हजार १ सय १५ संख्यामा रहेका छन् । बसोबासका आधारमा ३० जिल्लामा रहेका छन् ।
राईदनुवार(डोने)जाति २१ जिल्लामा बसोबास रहेका छन् । जसमा सबैभन्दाबढी काभ्रेपलाञ्चोकमा ७ हजारमाथि रहेका छन् भने सबैभन्दा कम संखुवासभामा ११ जना रहेको राष्ट्रिय तथ्यांकले बताएको छ । १६ वटा पहाडी जिल्ला र ४ वटा हिमाली जिल्लाहरुमा राईदनुवार जातिको जनसंख्या तथ्यांकमा देखिएको छ भने नगन्यरुपमा तराई र केही भित्रि मधेशका जिल्लाहरुमा यो जातिको बसोबास रहेको छ ।

 

सबैभन्दाबढीकाभ्रे,सिन्धुपाल्चोक,उदयपुर,ललितपुर, धादिङ,नुवाकोट,मकवानपुर,चितवन,गोर्खा, सिन्धुली भिमान पश्चिम लगायतका जिल्लाहरुमा राईदनुवार अर्थात् राईडोने जातिको सघन बसोबास रहेका छन् ।
नेपाल डोने बिकास समाज र परिवर्तन सामुदायिक अध्ययन केन्द्र (सिसिएसी)को प्रतिबेदन अनुसार राईदनुवार(डोने) जाति साढे ३ लाखको हाराहारीमा बिभिन्न जिल्लाहरुमा बसोबास रहेको उनीहरुको दाबी रहदै आएको छ ।

 

 

यो जातिको आफ्नै मातृभाषा ,लोकसंस्कारसंस्कति ,लोकपरम्परा र लोकजीवनगाथाहरुको संगालोको बजबुती भएको रैथाने जनजातिसमेत हो ।
मातृभाषामा बोलचाल गर्दा “डोने,डोन्याँ ,राईडोने वा राईडोन्याँ ”भनि आफुहरु एक अर्कामा बातचित तथा भलाकुसारी गर्ने गरेका पाईन्छन् ।
समुदायको हर आरोह अबरोहहरुलाई सांस्कृतिक,सांस्कारिक र सामरिकतापूर्ण हल गर्दै समाजमा बिकाशोन्मुखतर्फ अघि लम्कदै आएको गर्बिलो रैथाने मूलबासी जनजाति हो ।

तर,नेपालको पूर्वी क्षेत्रहरुमा यस आदिबासी समुदायलाई “राईनदनुवार” जाति भनिन्छ । उनीहरुको “नागरिकता,शैक्षिक प्रमाण –पत्र र मालपोतका कागजातहरुमा थरको रुपमा “दनुवार या राई” मात्र लेखिर्दै आएका भेटिन्छन् ।
नौ÷दश दशक अघिल्लो पुस्ताहरुले “राई वा राईदनुवार” मात्र लेखेका मालपोतका स्रेस्ताहरुमा प्रसस्तै भेटिएका छन् ।

 

नेपालको पूर्बी १ नम्बर प्रदेशका जिल्लाहरुमा बर्तमानमा “राई र राईदनुवार” भन्न छोडेर “दनुवार” मात्र लेख्ने प्रबृति मौलाएको छ भने अर्कातिर बागमति प्रदेशमा “दनुवार” बिर्सिदै “राई र राईडोने” भन्ने प्रचलन तीब्रगतिमा रहेको छ । एकाथरिले “राई” भन्न नरुचाउने र अर्काथरिले “दनुवार” भन्न नरुचाउने समुदायको प्रबृतिले सजातिय जातिभित्र अलग जातिको संस्कार मौलाउँदो बन्दै गएको छ ।
एउटै मातृभाषी र जन्म–मृत्यु संस्कारसंस्कृतीका समानताले “दनुवार थर र राई थर” लेख्ने एउटै समताको आदिबासी जनजाति भनेको नै राईदनुवार(डोने) जाति हो । यसमा किमार्थ दुईमत छैन । किनकी यी दुबै थरिकाले आफ्नो मातृभाषामा डोने अर्थात् राईडोन्या भन्ने गरेको पाईन्छ ।

मातृभाषाको जातिय पेवा शब्द डोने वा राईडोने स्वीकार गरि सांस्कृतिक एकताको सजातिय जातिको रुपमा अघि बढवाकालागि स्वजातिका अभियान्ताहरु एक भएर जानुको अर्को बिकल्प छैन ।

 

आदिकालदेखि बर्तमानसम्म राईदनुवार जाति बिशिष्ट धरोहरका जातीय अस्तित्व र पहिचान बोकेको एक पृथक आदिबासी जनजाति हो । आफ्नै मौलिक मातृभाषा, लोकपरम्परा, धर्म,संस्कृति, भेषभूषा,खानपान र पुख्र्यौली परम्परागत जीबनशैली अबलम्बन गर्दै आएको नेपालको उपत्यका, दुन, बेशी , खाेंच र टारको मूलभूमिपुत्र हो ।

त्यसैले यस जातिको उत्पतिको थाकथलो पनि पहाडी भूगोल अबस्थितको खोलानदीका दुनबेशी,फाँट र टार क्षेत्रहरु थिए भन्दा फरक पर्दैन , र हो पनि । बर्तमानमा पनि भेट्न सकिन्छ । आफ्नै पाराका लोकसांस्कृतिक प्रथाजनित अतिबिशिष्टि चिनारीको पृष्ठभूमिभित्र राईदनुवार जाति समाहित रहदै आएको छ ।

नेपालभूमिको आदिबासी मानब सम्प्रदायका एक जनजाति पृष्ठभूमिको कित्ताका रैथाने आदिबासी पनि हो । आफ्ना जातिय सभ्यता अन्र्तगत परम्परागतसीप,कला,कौशलले भरिपूर्ण आदिबासीहरुमध्ये एक सोझा सिधा बर्गको “मंगोल वर्णको भारोपेली तथा भोटबर्मेली मिश्रीत भाषा परिवारको जनजाति समुदायभित्र राईदनुवार जाति अबस्थित छ । मातृभाषिक संरचनाले सु–सजित भएका राईदनुवार सम्प्रदायलाई आफ्नो मातृभाषामा “डोने अर्थात् राईडोन्या ” भन्ने प्रचन रही आएको छ ।

यी जातीय शब्द बर्तमान पुस्तामा पनि जीबित रहदै आएको पाईन्छ । आफू ईतर समुदायहरुबीचमा परिचय गर्दा गर्बका साथ डोने अर्थात् राईदनुवार भएको चिनारी प्रस्तुत हुनु यस जातिको जातिय साःख नै मान्न सकिन्छ ।

आपूmहरुलाई आफने समाजमा वा मातृभाषा बोल्ने सघन बस्तीहरुमा “डोने,डोन्याँ, राईडोने ,राईडोन्याँ , दनुवार , राई , अर्थात् राईदनुवारको परिचयमा अबतरण गरेको पाईन्छ । सघन बस्तीहरुमा आप्mना मातृभाषामै संम्बाद गर्ने प्रचलन नयाँ पीढिमा पनि उत्तिकै उचो रहेको छ ।

 

काठमाण्डौं उपत्यका र आसपास जोडिएका जिल्ला क्षेत्रहरुमा डोने मातृभाषी सम्प्रदायको मानिसहरुका घना बस्तीहरुमा बग्रेल्ती भेट्न सकिन्छ । तर,ती मूलभूमिबाट कालान्तरअघि यत्रतत्र छरिएर रहेका पूर्बी जिल्लाहरुमा बसोबास गरेका राईदनुवार(डोने) जातिको भने मातृभाषा लोप भईसकेको छ ।

आफ्नो मातृभाषा लोप भैसकेको भूगोलका सघनबस्ती,क्षेत्र या जिल्लाहरुमा आफ्नो जाति समुदायलाई “दनुवार,राईदनुवार वा राई मात्र भन्ने प्रचलन मौंलाउँदो रहेको पाईन्छ । कतिपय क्षेत्रहरुमा मातृभाषाको कथ्य पेवा जातीय शब्द “डोने,राईडोन्याँ वा राईडोने ” भन्ने अलिखत शब्दहरुलाई यस सम्प्रदायका मानिसले तिलाञ्जी दिईसकेको छ भन्दा फरक पर्दैन ।

तर, जातीय साख जोगाउन ,संरक्षण गर्न र जगेर्नाका लागि भएपनि मातृभाषाका कथ्य शब्दहरुलाई संरक्षितता दिन बर्तमान पुस्ताको काँधमा अपरिहार्यता रहेको छ । फलस्वरुपः पुस्तांैनी पुख्र्यौली अलिखित इतिहासको पाटोलाई पुनराबृति गर्न र खोेज,अनुशन्धान,अन्वेषणमाथि ती सास्वतः शब्दहरु मार्ग निर्दिष्ट बन्न सहज हुन सक्दछ ।

 

कालान्तरपछि यो सम्प्रदायका बर्तमान पुस्ताका सन्तान दरसन्तानहरुले उदयपुरको कटारी रिस्कू र त्रियुगा फाँट लगायतको एकल बाक्लो बस्तीहरुबाटसमेत डोने मातृभाषा गुमाई सकेका छन् ।

मातृभाषा लोप भएको बसोबास क्षेत्रहरुमा सरकारी पञ्जीकरण, मालपोत, शैक्षिक प्रमाण–पत्र तथा नागरिकताको परिचय महल अन्र्तगत नाम,थर ,वतनको “थर महलमा” ‘दनुवार’ मात्र लेखाउने प्रचलनले नै “दनुवार”थरको पुष्टिसहित प्रमाणित भैसकेको छ ।
तर,राईदनुवार समाजमा दनुवार थर होईन,जाति हो, भन्दै आदिबासी जनजाति कित्ताको सुचिकृत जातिय शब्द ‘दनुवार’लाई नै जातजातिको महलमा राखी राष्ट्रिय परिचय यस जातिले बनाउँदै स्वःघोषित रुपमा स्वीकार गर्दै आएको पनि देखिन्छ ।

सरकारी कागजातहरु परिवर्तन गर्न सकिदैन । थरको महलमा रहेको “दनुवार र राई” लेखाउनेलाई भाषिक रुपमा डोने वा राईडोने भनेर चिन्ने गरेको डोने भाषाका जानकारहरु लम्बद्ध रुपमा रहेका छन् ।

भाषिक गरिमामय ओजका अजयरुपी डोने मातृभाषा बर्तमान पुस्तामा लोप वा लोपोन्मुख अबस्थामा भएपनि एकल सघनबस्तीहरु ललितपुरको डुकुछाप,काभ्रेको पाँचखाल उपत्यका ,मण्डनदेउपुर,सिन्धुपाल्चोकको इन्द्रावती भीमटार, मेलम्ची,हेलम्बु र भोटनाम्लाङमा जीबित रहेको छ ।
त्यसैगरी मकवानपुरको राईगाउँ,छतिवन, पिपलमाडी,भाँङटार, नुवाकोटको लब्दु,गर्खार चौघडा ,ढिकुरे चौंखुँडा लगायत बस्तीमा मातृभाषा अझसम्म पनि जीबित रहेको पाईन्छ ।

सिन्धुलीको मरिण,महेन्द्रझाडी ,बाग्मती किनारा लगात अधिकांस राईडोने मातृभाषि क्षेत्रहरुमा नामपछाडि थरको महलमा “राई” मात्र लेखाउदै आएको पाईन्छ ।

राज्यको मानब बिकास सुचांङकनको आधारशिलामा यस जातिलाई अल्पसंख्यक एंब् अतिसिमान्तकृत लोपोन्मुख जनजातिको कित्ताको रेखामुनी प्रबिष्टि गरिएको छ ।

राईडोने सम्प्रदायको मातृभाषाप्रतिको मोह ,जन्ममृत्यु संस्कारसंस्कृतिको एकरुपता ,भेषभूषा, खानपान, बायोपितृ पुजा, चाडपर्ब, सिमेभूमे मानभाउ , कुलबंशनश्ल, खाँलख्वँलक र शारिरीक बनौटसाथै रंग वर्णका रुपमा एक नश्लीय आधार रहेको पाईन्छ ।

फरक भूगोल भएपनि यी बर्ण र बर्गका मानिसहरुमा नश्लीय आलिंङ्गनको समता एकै रहेको भेटिन्छ र हो पनि । तर पनि फरक उपथर र पुस्तौऔं कुलबंश अलग भएको क्षेत्रका कुटुम्मेरी सजातिय समुदायबीचमा बैबाहिक संम्बन्धका लागि मागी बिबाह, भागीबिबाह, रीतभातको र प्रेमबिबाह गर्ने प्रचलन भूगोलले छेक्न सकेको छैन ।

 

प्रकृति चरणमा आस्थावान् रहेका यस समुदायले प्रकृतिमाई अर्थात् डोनेश्वरलाई कुलपीतृ ठानी पुकार गरि मानभाउ गर्दै आएका छन् ।
कूल कुलायन,बाई,ख्हाँल ख्वःलकका लागि अदृश्यशक्तिका भक्तिभाबमा आफ्ना नृत्यकर्महरु समापन गर्ने प्रचलन निकै रोचक रहेको छ ।
प्रकृतिका सिमेभूमे ,बायो,अग्नि,जल,जमिन,मच्छिन्द्र,कालभैरब,रातोमत्स्येन्द्र र भीष्ठा अर्थात् भीमसेनलाई कुलबंशावली सिर्जनाको ईष्टदेबका रुपमा मान्दै आएका छन् ।

पाषणकालिन अवशेषका परम्पराका शैलीलाई थोरबहुत रुपमा बर्तमान लोकजीवन,लोकसंस्कृतिका आस्थाहरुलाईसमेत जिबित संस्कृतिको रुपमा स्वीकार गर्दै आएको पाईन्छ ।

 

प्रकृतिमाई र डोनेश्वरप्रति निकट आस्थावान् सम्प्रदायको केन्द्रबिन्दुमा रहेका राईदनुवार (डोने)जातिलाई अल्प बिकसित अर्थात् बिकाशोन्मुख चरणका आदिबासी जनजाति जाति समुदाय मान्दा दुईमत नहोला ।

 

त्यसैले भनिन्छ–“पाखा शिकार पाषण रात,पानी शिकार माछा भात” भने झैं जाल्पामाईप्रति बिश्वासरत छन् भने जंगली शिकारका लागि बागेश्वरी पुकारमा तल्लिन रहने गर्दछन् ।

परसंस्कृतिभन्दा फरकपनको मौलिक संस्कृतिको धनी यस जातिभित्र आफ्नै जातीय साःखको संस्कृति संस्कार–परम्परा र सामाजिक चालचलनले अन्य जातजातिभन्दा फराकिलो तवरले अलग चिनारीकोे प्रशिद्धि कायम गरेको पाईन्छ ।

 

जन्मका न्वाँरानकर्म, मृत्युको बेशीकर्म, घोल्टो, कुमारकुमारीपनका छेवर कर्म ,गुन्यूँउचोलीकर्म, बरबधुका लागि घैंलोबुँजा,ढोया,फर्सिन,चिस्को, दुधऔली, छाङ्रा,सिन्दुरेभाई, मडेउली,बुढीमाटो,सांङ्ङे ,मारामाउर, चुमाउनी , पासर(जन्ती पर्सने) ,सुपारी नाँच,अग्नीधुँनी र कन्याचेलीको बागदत्त कर्मरेखाका जस्ता सामरिम संस्कार रीतभातले सम्पन्न गर्न निकै गर्बिलो ठान्दछन् ।

 

बिबाह एक नयाँ आयामिक जीवन शैली हो । यस जातिको केटाकेटीले (चोरी,भागी,प्रेम )बिबाह गरेका दुलाहा दुलहीको सन्तानपछि पनि “कर्म चलाउने बिबाह” बिधिबत् निकै लोकप्रीय संस्कृति हो ।

 

आमाबुवाको कर्म सिन्दुरपोते नगरेसम्म छोरा छोरीको छेवर,गुन्युउचोली कर्म हुन सक्दैन । कुमारकुमारीको सन्तान नै हुने जनबिश्वास रहेकोले आमाबुवाको कर्मचलौने(सिन्दुरपोते) सिध्याउनु पर्ने पहिलो बाध्यता नै रहेको छ ।

बिशेषरुपमा सजातिय बिबाहमा यो प्रचलन रहेको पाईन्छ भने अन्तरजाति जल चल बिबाहमा सिन्दुरपोते भएको छ भने पुनः “कर्म चलाउने” प्रथाजनित संस्कार रहदैन । तर जलअचल बिबाहबन्धनका लागि यो समुदायमा बर्जित रहेको छ ।
आफ्ना छोरीचेलीको रीतभातको बिबाहमा मामाले घैलो बुज्ने प्रचलन निकै सनातन रहेको छ । दुलाहा र बेहुलीको बुवाले सुपारी नाँच खेल्दै निकै रमाईलो मान्ने प्रचलन रहेको छ । ज्वाईससुरालीको प्रगाढता र छोरीकोलागि कुशल बर मान्दै “ज्वाई र ससुराली” दुबैतर्फको सुगन स्वीकार गरेको मानिन्छ ।
तर,यस्ताखाले परम्परागत लोकसंस्कार,संस्कृतिको मूल्य मान्यताले यस जातिको मौलिकता र सांस्कारिकपन झल्केको देख्न सकिन्छ ।

 

यस जाति समुदायपमा राँम्दल,ख्याँली,बिर्जे,सोरठी,रत्यौली,देवास नाँच ,तान्त्रिक झाँकी र फर्सेली नाँच निकै रोचक हुने गर्दछन ।
जन्मको न्वारान संस्कारमा घरको जेष्ठ महिलाद्धारा चुमाउ गरिन्छ भने नामाकरण निनीले गरिदिने प्रचलन मेटिदै गएको छ ।
मृत्यु भएमा मलामी जान खबर गर्ने र संस्कारको अन्तिम दिन खोलानदी, तलाउ किनारामा बेशीखाने (अन्तिम संस्कार)गर्ने प्रचलन निकै ओजिलो रहेको छ ।

बेशीका दिन खोलानदीमा गई केश फाल्ने,पीतृकर्म गर्ने प्रचलन रहेको छ । पीतृकर्म गर्दा माछा, मासु , जाँड ,रक्सी,अण्डी,अण्डा कालोदाल र भेडाको रौं नभई नहुने सरजाम हुन् ।
यस जातिले बेशीको दिन या अन्तिम शुद्धीका दिन तीनपीण्ड गरेसी मृतकलाई सालेन्जी पीण्ड तर्पण गर्न पर्दैन ।

राईदनुवार समुदायको बिकास र समाज रुपान्तरणका लागि बर्तमान युवा पुस्ता आर्थिक ,सामाजिक, सांस्कृतिक, भाषिक, शैक्षिक एबंम राजनैतिक आकाशमा बिकाशोन्मुख पविर्तनको छनक देखिनु नै जातिय सुधारका कार्य भैरहेको मान्न सकिन्छ ।

बिकृति र बिसंंगतिलाई यस समुदायले तिलाञ्जी दिर्दै बिकसित आदिबासी र सांस्कारिक जनजाति बन्न निकै होडबाजी मार्नु पर्ने देखिन्छ ।
आफ्ना समुदायको प्रागऐतिहासिक सु–संस्कारहरुलाई संरक्षण ,संम्बर्धन गरि भाबी पीडिहरुमा हस्तानान्तरण गर्दै जानु नै समाज र समुदायको अब्बल पहिचानको परिचय हुन आउँछ ।

 

आफ्नो समाजमा भए गरेका कुसंस्कार ,कुरिती र अन्धबिश्वासपनलाई सुब्यबस्थापन र निर्मूल गर्दै २१ औं शताब्दीको मानब बिकासको बैज्ञानिक तथ्यहरुमा रुपान्तरण गर्दै जानु नै राईदनुवार समुदायको सकारात्मक समाज बिकासको कसी हुन आउँछ ।

समाज रुपान्तरण गर्नका लागि पहिचानको अग्रचेतको मोर्चाबन्दी, एकताको सुत्राधार साथै उन्नतशील समाज निर्माणमा यस समुदायका जनजनले सकारात्मक भूमिका निवार्ह अपरिहार्य सर्त जस्तै पालना गर्नु पर्ने हुन्छ ।

पहिचान र अस्तित्व साःखकालागि यस समुदायमा सकारात्मक बौद्धिकताहरुको निकै खाँचो रहेको पाईन्छ । तबमात्र राईदनुवार आदिबासी समाजले जनजाति कित्ताआकाशमा चिनारीको गाथा कोर्न सफलता प्राप्त गर्न सक्नेछ … ।

 

नेपाल अनेकन बिबिधतायुक्तले भरिपूर्ण भएको साँझा चौतारी हो । ७ प्रदेश , ७७ जिल्लार, ७ सय ५३ स्थानीय तह अबस्थित बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिकताले सु–सजित मुलुक हो । १२५ जातजाति र १२३ भाषाभाषी बोल्ने मानिसका उर्बर सांस्कृतिक संम्पदा भएको राष्ट्र हो । सार्बभौम सम्पन्न भूमी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल सबै जातजाति समुदायको लागि साँझा फूलबारी हो ।
जसमा ५९ वटा आदिबासी जनजाति सुचिकृत रहेका छन् । ती मध्ये बिकसित(सुबिधा बन्चीत), सिमान्तकृत,अतिसिमान्तकृत र लोपोन्मुख कित्तामा बर्गिकरणसमेत गरिएका छन् । राष्ट्रिय जनगणना तथ्याँक अनुसार “बहुसंख्यक र अल्पसंख्यक” जातजाति भनि छुट्याएको छ । शुन्य दशमलब ५ प्रतिशतभन्दा कमी रहेका जातजातिहरुलाई अल्पसंख्यक जाति भन्ने गरिदै आएको पाईन्न्छ । जसमा अनेकौ जातजातिहरु रहेका छन् ।

सुचिकृत आदिबासीजनजाति बाहेक फरक–फरक “जीवनशैली र परिबेशका”लोकजनजीवन,लोकपरम्परा,लोकसंस्कृति,लोकगाथा र लोकसभ्यता भएका अन्य आदिबासी जनजाति समुहहरुसमेतले नेपालभूमि अनादिकालदेखि रैथाने बसोबास क्षेत्र बनाएकोमा कुनै दुईमत छैन ।

आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान र नेपाल सरकारको संबैधानिक निकाय आदिबासी जनजाति आयोगद्धारा सुचिकरणका लागि “अध्ययन ,अनुशन्धान टोलीसमेत खडा गरिएको छ । थप जनजाति सुचि कार्यदलले दर्जनौं हाराहारीमा ५९ जनजाति बाहेकका थप नयाँ जनजातिको सुचिकरणकालागि नेपाल सरकारलाई सिफरिस गर्दै आएको छ ।

“सडक,सदन,प्रतिष्ठान र आदिबासी जनजाति आयोग”प्रति सुचिउन्मुख आदिबासीजनजाति संर्घषको मैदानमा उत्रिएका छन् । सुचिकृतबिहीन “जनजाति समुदाय” राज्यको सेवा,सुबिधा,अस्तित्व र पहिचानबाटसमेत बिमुख हुनु परेको छ । त्यसैले,१२ औं राष्ट्रिय जनगणना २०७८को बिस्तृत तथ्यांक आउँदासम्म्म नेपालको जातजाति÷मातृभाषाभाषिको संख्यामा बृद्धि हुने लक्ष्यण देखा परिसकेको छ ।

( भिडिया रोल………१३)

उदयपुर जिल्लामा ८ स्थानीय तह मध्ये ४ गाउँपालिका र ४ नगरपालिका रहेका छन् । जसमा ७५ वटा वडाहरु अबस्थित रहेका छन् । कटारी,,त्रियुगा,चौडण्डीगढी र बेलका नगरपालिका हो भने उदयपुरगढी, रौतामाई ,ताप्ली र लिम्चुङबुङ गाउँपालिका हुन् ।

१२ औं जनगणनको प्रारम्भिक तथ्यांकमा जिल्लाको जनसंख्या ३ लाख ४२ हजार ७ सय ७३ मध्ये १ लाख ६५ हजार ४३ जना पुरुष र १ लाख ७७ हजार ७ सय ३९ जना महिला रहेको छन् । सोही तथ्याँक अनुसार जिल्लामा ८० जातजाति ७५ भाषाभाषी रहेका मध्ये ४५ आदिबासी जनाजाति ंंंभाषाभाषी बोल्ने समुदाय रहेको छ ।

११ आंै राष्ट्रिय जनगणना अनुसार दनुवार जाति ९ हजार ७ सय ७२ जना रहेको छ । जसमा महिला ५ हजार ७९ जना र पुरुष ४ हजार १ सय ९३ जना रहेका छन् । राईदनुवार(डोने) जाति ७ हजारमाथि रहेका छन् । बिशेषगरि यो जाति कटारी,रिस्कू त्रियुगा, जोगिदह ,हडिया र भीमामा छरिएर बसोबास रहेका छन् ।

१२ औं राष्ट्रिय जनगणना अनुसार कटारी नगरपालिकाको कुलजनसंख्या ६० हजार १ सय ६८ जना मध्ये ३० हजार ९ सय १८ जना महिला र २९ हजार २ सय ५० जना पुरुष रहेको छ । नगरपालिकामा ंंंं४४ जातजाति ३० भन्दामाथि भाषाभाषी समुदायका मानिसहरु बसोबास गर्दै आएको तथ्यांकमा उल्लेख गरिएको छ ।

फलस्वरुपःराईदनुवार जाति कटारी रिस्कू क्षेत्रमा आदिमकालदेखि सघन बसोबास गर्दै आएको आदिबासी जनजाति समुदाय हो । यस पालिकामा लगभग ७ हजार जनसंख्यामा ३ हजार घरधुरीको हाराहारीमा बसोबाास रहेका छन् । यो समुदाय कटारी नगरपालिकामा बिशेष गरि जहडी,सिम्ले,तित्रिबोट,भगनपुर र कान्छी बजारमा रहेका छन् भने रिस्कूको जप्तरीडाँडा,सिमलटार,धमिनीडाँडा,पारिगाउँ,गैरीटोल,गुदु्रम चौकीडाँडा,आँपघारी,रमाईलोडाँडा, बिहीबारे लगायत दर्जनभन्दाबढी गाउँटोलबस्तीमा छरिएर बसोबास रहेका छन् । रिस्कू ,कटारी र त्रियुगा फाँटमा राईदनुवार(डोने) जनजातिको रैथाने आदिम थाकथलो मान्न सकिन्छ ।

यस जातिले बोल्ने मातृभाषालाई “डोने अर्थात् राईडोन्या” मातृभाषा भनिन्छ । तर,यी जनजाति समुदायले यस भूगोलका क्षेत्रबाट आफ्नो मातृभाषा आधा दर्जन अघिल्लोपुस्तादेखि बोल्न र्बििर्ससकेका छन् । त्यसैले यस क्षेत्रबाट राईदनुवार जातिको आप्mनो मौलिकपनको “डोने मातृभाषा” लोप अर्थात् मृत्यु भैसकेको छ । बर्तमान र भाबी पुस्ताकालागि “डोने मातृभाषा” कुन चरीको नाम हो भन्ने जस्तै, बन्ने खतरयुक्तसमेत यस क्षेत्रमा पुष्टि भैसकेको छ ।

आदिम थाकथलो , मातृभाषा र मौलिक पुख्र्यौली संस्कारसंस्कतिको खडेरी वा लोपजन्य जनजातिको रुपमा चित्रणसमेत गर्न सकिन्छ ।

अतिसोझासिधा,कृषिमा सरल जीवनयापन बिताएका राईदनुवार जाति परसंस्कृतिको सिकारको सिको र खसभाषा मात्र बोल्ने गरेको बर्तमान पुस्ताको अबस्था भेट्न सकिन्छ । यो अबस्थामा समुदाय गुज्रिनु भनेको जनजातिले आफ्ना मौलिक बिरासतलाई तिलाञ्जली दिदै छदमभेषी रंग बदल्नु जस्तै हो । त्यसैले भन्ने गरिन्छ–“आमाको कोखलाई बिर्सिएर सौतेनी सानीमाको मजेत्रो समात्नु सरह हो, यो किमार्थ सत्य होइन । जनजाति हुनुमा आफैमा एक धरोहरको बिरासतको साःख पनि हो । यसर्थ सबै पहिचान र अस्तित्व जनजातिको मातृभाषा,संस्कार,संस्कृति परम्परामा निर्धारण भएको हुन्छ । फलस्वरुप राईदनुवार जाति समुदायले पनि आफ्ना मौलिक संस्कारसंस्कृति,मातृभाषालाई बर्तमान लोकजीवन,लोकपरम्परामा संरक्षण र जगेर्ना गर्दै संगसंगै लिनुको अर्को बिकल्प छैन

चाँसो “डोने अर्थात् राईडोन्या” मातृभाषामा नभएको कारण आफ्ना मौलिक संस्कति फुङगो बनाई सकेको छ । त्यसो त, यस क्षेत्रमा “डोने मातृभाषा” लोपै भैसको वा मरिनै सकेकोभन्दा फरक पर्दैन । मातृभाषा जीबित छ भने आठ,नौ दशक बिताएका या टेकेका जीबित बयोबृद्धाहरुसित अबशेषको रुपमा मात्र होला , नत्र त्यो पनि छैन… ।
बर्तमान पुस्तामा आफ्ना मातृभाषा र मौलिक संस्कार संस्कृति रहेन भने जनजाति हुनु र नहुनुमा कुनै फरक पदैन । जनजाति हुनुको अर्थ नै उस्को मातृभाषा, भेषभूषा,धर्म ,संस्कार संस्कृति ,मौलिक सीप ,कला ,चाडपर्ब ,रीतिरिवाज ,खानपान, फरक फरकपनको जीवनयापनको गुणदोष हुनु हो ।

यस जातिले मौलिक परम्परागत शैलीका बिबाह छेवर,गुन्यूचोली गर्न छाडिसकेको छ । मृत्यु संस्कार, लोक नाँच , लोक कला सीप पनि जर्जर अबस्थाबाट गुज्रिर्दै आएको छ । समाजमा आदिम सिप कला कौशल रीतिरिवाज धर्म ,संस्कृतिको पुनरागमन गराउन निकै चुनौती थपिएको छ ।

राजनीतिले खासै प्रभाब नपार्ने, शैक्षिक,आर्थिक,सामाजिक ,सांस्कृतिक मातृभाषिक र धार्मिक परम्पराको बिचलनमाथि कमजोरी अबस्थाले पुख्र्याैली सामाजिक मूल्य मान्यताहरु यस जाति समुदायले बिर्सिदै जान थालेका छन् । आफूुहरुले जनजातिको मौलिक लयमा फर्कन र फर्काउनलाई जातिय सुधार र सचेतनाको खाँचो औल्याईसकेका छन् ।

 

राईदनुवार समुदायले रुढीबादी परम्पर त्याग्दै समाज रुपान्तरण र बिकासका लागि शैक्षिक,आर्थिक ,राजनैतिक,सामाजिक, सांस्कृतिक, भाषिक तथा लोकजीवन, लोकपरम्परा,लोक झाँकीहरुमा अग्रचेता हुदै जातीय पहिचान र अस्तित्व साःखका लागि ऐतिहासिक छलाङ मार्नुपर्ने अनिवार्यता रहेको देखिन्छ । यो समुदायले आदिमकालदेखि बर्तमान युगसम्मका पुख्र्यौली ऐतिहासिक सभ्यताहरुको संरक्षण ,सम्बर्धन र लोक जीवनगाथा लेख्य,कथ्य शैलीका दशीहरुलाई शिरोधार्य गर्न अपरिहार्य रहेको छ ।