०७ जेठ २०८१, सोमबार

रिस्कुको एक सालिन ब्यक्तित्वको धनि कासबहादुर दनुवार

जनताले जिताए रिस्कुमा पाईलट प्रोजेक्ट ल्याउन पहल गर्छु

संबाददाता: कटारी

रिस्कुको भुमिमा जन्मिएर राजनिती सुरु गरेका कासबहादुर दनुवार एक सालिन नेताको छबि बनाउन सफल भएको छ । स्थानीय राजनितीमा उदाएका कासबादुर  स्थानीय निकायमा साबिक रिस्कु गाबिसको  जनप्रतिनिधि समेत भैसकेको छ ।  तात्कालिन समयमा रिस्कु गाबिसको उपाध्यक्ष दनुवार समाजसेवीको रुपमा बर्तमान अबस्थामा समेत आफुलाई चिनाउन पछि परेका छैनन । गाउँ समाजमा परेका दुख सुखमा सधै जनताको घर दैलो पुगि सेवादिई रहेका दनुवार वडामा जित हुने माहौल निर्माण गरेको उनले बताए ।जनताको जनजनमा रहेका कासबहादुर जस्तो सुकै परिस्थितिमा जनताको सेवाका लागि अहोरात्र खटि रहने नेता भएको स्थानिय भद्रभलाद्मिहरु बताउछन् ।  कटारी नगरपालिका ७ नम्बर वडामा  अध्यक्ष पदका लागि एमालेको तर्फबाट उम्मेदवार बनेका दनुवारको चुनाबी महौल जितको सङ्घारमा पुगेको एमाले वडा कमिटी अध्यक्ष  शुरेश कुमार  दनुवारले बताए ।  रिस्कुको ढुङ्गामाटोसित समाजसेवाको साईनो जोडेको कासबहादुर एक लोकप्रिय वडाका उम्मेदवार हो । जनताको हरेक समस्यामा साथ दिदै आएका उनले वडाबासीहरु सबैमा आफुलाई सेवा गर्ने अबसर  जुटाई दिन आग्रह गरेको छ ।  जनताको बलियो साथले चुनाव जितको नजिक रहेको  उनको दाबि रहेको छ ।  आजिवन जनताको सेवामा आफुलाई  समर्पित गर्दै आएका वडाअध्यक्ष उम्मेदवार बिजयि गराएमा रिस्कुमा जलजमिन जङ्गल  पर्याबर उक्त  पाईलट कृषि प्रोजेक्टलाउने रिस्कुबासिलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित उनि चुनाबि मैदानमा अवतरण गरेको छ  भनि स्थानीय बुद्धिजीवीहरुले बताए ।