०७ जेठ २०८१, सोमबार

कटारी नगरपालिकाको दनुवार हेबीवेट उम्मेदबार

“हाम्रो भन्दा राम्रो,राम्रोभन्दा अझ राम्रोलाई जिताउनु हितकर हुन्छ ”

संबाददाता: उदयपुर

उदयपुर,२० बैशाख । कटारी नगरपालिका ७ रिस्कूको वडाध्यक्ष पदकालागि एमाले ,कांग्रेस र नेकपा एकीकृत समाजबादीबीच त्रिपंक्षिय प्रतिष्पर्धा हुने भएको छ । कांग्रेस र नेकपा एस भन्दा एमालेका काँसबहादुर दनुवार हेबीवेट उम्मेदबार हुन् ।

स्थानीय निर्बाचनमा जनप्रतिनीधिकालागि जनताले पार्टी पंक्तिभन्दामाथि उठेका उम्मेदबारको रुची सबैभन्दा पहिलो रुपमा लिने गरेका छन् । गाउँघरमा भन्ने गरिन्छ “हाम्रो भन्दा राम्रो,राम्रोभन्दा अझ राम्रोलाई जिताउनु हितकर हुन्छ ” भन्दै घरघरमा प्रमुख ,उपप्रमुख र वडाध्यक्ष सहित सदस्य केन्द्रित भोट माग्ने कार्य ह्रवात्तै बढेको छ ।

नेपाली कांग्रेसको सुबिन ढुंगाना, नेकपा एसका ईन्द्र बहादुर दनुवार र एमालेका काँसबहादुर दनुवार बीच कडा प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसका ढुंगाना र नेकपा एस ईन्द्रभन्दा एमालेको उम्मेदबार काँसबहादुर हेबीवेट भएका वडाध्यक्ष पदका दाबेदार उम्मेदबार हुन् ।

रिस्कूको राईदनुवार बाक्लो बस्तीबाट राजनीति सुरु गरेका एमालेका उम्मेदबार काँसबहादुर स्थानीयका मनमुटुमा बसेका समाजसेबी पात्र हो ।
एमालेका स्थानीय नेता दनुवार नेपाली कांग्रेसका उम्मेदबार ढुंगानाभन्दा निकै शालिन र भद्र वडा अध्यक्षको उम्मेदबार हुन् । भद्र र इमान्दार वडाध्यक्ष रिस्कूले पाउनु भनेको वडा बिकासको लागि कोशेढुंगा हो भनि स्थानीय बुद्धिजीबि हर्कबहादुर दनुवारले बताए ।

स्थानीयको जनजनमा लोकप्रीय नेता दनुवार सामाजिक कार्यमा दुई प्रत्यासी उम्मेदबार भन्दा निकै अग्रभागमा रहेका छन् । प्रत्यासी प्रतिसर्धी वडाध्यक्ष उम्मेदबारहरुभन्दा काँसबाहादुर अब्बल रहेको स्थानीय शिक्षक, कर्मचारी तथा बुद्धिजीबिहरुले बतादै आएका छन् ।

यो निर्बाचनमा उनको जितको संकेत देखेको हर्कबहादुरसमेतले भने । सामाजिक कार्यका बिकासप्रेमी नेता भएकाले काँसबहादुरलाई भोट दिन अर्का आईएमई लोक स्टार बिजेता बिनोद दनुवारको आग्रह समेत रहेको छ ।

बिगतकालदेखि रिस्कूमा सामन्त र दलालहरुको बिगबिगी भएपनि बर्तमानमा ती अबशेषहरुको गन्धले भोट बिग्रेला की भन्ने चिन्ता काँसबहादुरमा नभएको चाहि होइन । देशमा राईदनुवार जाति अल्पसंख्यक रहे पनि कटारी ७ रिस्कूकोलागि बहुसंख्यक आदिबासी जनजाति रहेको दाबी युवा बुद्धिजीबि टेकबहादुर सारुमगरले भने ।

वडामा सबैभन्दा बढी मतदाता संख्या भएको आदिबासी समुदाय पनि राईदनुवार नै हो । दोस्रोमा तामाङ रहेका छन् भने नगन्य मात्रामा सामान्त संस्कारबाट हुर्किएका ढुंगाना सम्प्रदायको रहेको छ । उनीहरुका १ सय हाराहारीमा ब्राह्रमण मत रहेको स्थानीय दनुवार बिश्लेषक शुरेशकुमार दनुवारले बताए । ९ सयमाथि दनुवार समुदायको भोट निर्णायक हुन् उनको आँकलन रहेको छ ।

यही भोट,आदिबासीको भोट र उत्पीडन जाति समुदायको भोट सदुपयोग भएमा एमालेकाका उम्मेदबार दनुवारको विजय निश्चित रहेको अर्का स्थानीय बुद्धिजीबि युवा नेत्र राईले बताए ।