०७ जेठ २०८१, सोमबार

बसन्त वस्नेतको उम्मेदवार खारेजी माग ः भागवत राउत

पराजित मानसिकताको डरले  आफूविरुद्ध उजुरी गरेको दावी

संबाददाता: यमन राईडोने

नेपाली कांग्रेस त्रियुगा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बसन्त वस्नेत विरुद्ध गरिएकोउजुरी एमालेको पराजित मानसिकता भएको बताएका छन् । एमालेबाट प्रमुख पदका उम्मेदवार बनेका भागवत राउतले  आन्तरिक राजश्व कार्यालय लाहानमा मूल्य अभिवृद्धि कर नतिरेको आरोप लगाउदै वस्नेतको उम्मेदवारी खारेजीको मागराखी मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा उजुरी समेत दिएका थिए ।

एमालेको उम्मेदवारले स्वास्थ्य चुनावी प्रतिस्प्रर्धा गर्न छाडेर षड्यन्त्र गरी भ्रमक उजुरी गरेको बसन्तले बताएका छन् ।  पराजित मानसिकताको डरले  आफूविरुद्ध उजुरी गरेको दावी गर्दै बसन्तले चुनावमा स्वास्थ्य प्रतिस्प्रर्धाको चुनौती दिएका छन् ।

एमाले  त्रियुगा नगरका प्रमुख पदका उम्मेदवार राउतले गरेको उजुरीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले निवेदन उपर केही गर्न नपर्ने भन्दै खारेज गरिएको छ । सहायक निर्वाचन अधिकृत दिलिप मगरद्धारा हप्तक्षरित सूचनामा प्रचलित निर्वाचन कानुन बमोजिम उम्मेदवारी खारेज नहुने भएकाले केही गरि परेन भनि उल्लेख गरिएको छ ।

आफूविरुद्ध उजुरी गरेको पराजित मानसिकताको एमालेको उम्मेदवार राउत भएकाले  दावी गरेको छ ।