०७ जेठ २०८१, सोमबार

६ पालिकामा नेपाली कांग्रेस नेकपा माओबादी र नेकपा एस बीच चुनाबी गठबन्धन

एकल नेपाली कांग्रेस चुनाबी मैदानमा

संबाददाता: उदयपुर

उदयपुर,१२ बैशाख । जिल्लामा नेपाली कांगेस,माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादी गठबन्धन गरेको छ । ६ स्थानीय पालिकामा नेपाली कांग्रेस नेकपा माओबादी र नेकपा एस बीच चुनाबी तालमेल हुने भएको छ ।

जसमा ३ गाउँपालिका ताप्ली,रौतामाई र लिम्चुङबुङमा माओबादी केन्द्रलाई अध्यक्ष दिएको भने उदयपुरगढी गाउँपालिका र चौडण्डीगढी नगरपालिकामा नेकपा एकीकृत समाजबादीको प्रमुख तथा अध्यक्ष भागमा परेको छ । गठबन्धन गरेका पालिकामा नेपाली कांग्रेसले उपप्रमुख र उपाध्यक्ष पद लिएर चित्त बुझाएको छ । त्यसैगरि २ नगरपालिका “त्रियुगा र चौडण्डीगढी”मा भने एकल नेपाली कांग्रेस चुनाबी मैदानमा उभिएको छ ।


कटारी नगरपालिका ,बेलका नगरपालिकामा भने नेपाली कांग्रेस र माओबाली केन्द्रबीच गठबन्धन भएको छ । जसमा मेयर नेपाली कांग्रेस र उपमेयरमा माओबादी केन्द्रका उम्मेदबारहरु चुनाबी मैदानमा रहेका छन् ।चौडण्डीगढी नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख खगेन्द्र राई र उपप्रमुखका रीता कुमारी चौधरीले राजीनामा दिएर पुन सोही पदमा उम्मेदबार बनेको छ ।

जिल्लाका सबै पालिकामा एमाले लगायतका अन्य दलहरु एक्लाएक्लै चुनाबी मैदानमा उत्रिएको छ ।एमालेको उम्मेदबार कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठ र बेलका नगरपालिकामा दुर्गाकुमार थापा मेयर पदका लागि पुरानै अनुहार हुन भने उपमेयर पदमा उम्मेदबार बनेकी गीता खड्का र जिरा राई नयाँ अनुहारका हुन् ।

त्यसैगरि त्रियुगा नगरपालिकाको मेयर पदका उम्मेदबार बददेब चौधरी पनि पुरानै अनुहारका हुन् । चौधरी नेकपा एकीकृत समाजबादीका हुन् ।
०७४ सालको स्थानीय चुनाबमा एमालेले ३ नगरपालिका र ३ गाउँपालिकामा बर्जस्व कायम गरेका थिए भने १ नगरपालिकामा कांग्रेस र १ गाउँपालिकामा माओबादीले अध्यक्ष जित हासिल गरेका थिए ।

गत निर्बाचनमा नेपाली कांग्रेस प्रमुख १ , उपप्रमुख २ , उपाध्यक्ष २ पद जितेका थिए ।