०७ जेठ २०८१, सोमबार

नेकपा माओबादी केन्द्रका बिद्रोही बागी उम्मेदबारको आक्रमक चुनाबी अबतरण

अन्ततः उदयपुरमा माओबादी केन्द्रका बागी उम्मेदबार बराल, किराती र थापा बनिन्

संबाददाता: यमन राईडोने

उदयपुर,१६ बैशाख । उदयपुरको कटारी,त्रियुगा नगरपालिकामा माओबादी केन्द्रको बागी उम्मेदबार बनेको छ । कटारी नगरपालिकामा मेयर पद र त्रियुगा नगरपालिकामा उपमेयर पदमा गठबन्धन बिपरीत बागी उम्मेदबार बनेका हुन् ।
शुक्रबार ५बजे उम्मेदबार फिर्ता समय गुज्रिएपछि नेकपा माओबादी केन्द्रका बागी (स्वतन्त्र) उम्मेदबारका लागि आक्रमक चुनाबी रणनीति हुने बताईएको छ ।
कटारीमा मेयरका लागि केपी बराल र त्रियुगामा उपमेयरमा साबित्रा थापाको बागी उम्मेबार परेको हो । त्यसैगरी लिम्चुङबुङ गाउँपालिकामा बिद्रोह गरि पालिका अध्यक्षमा होम किरातीको बागी उम्मेदबार परेको थियो । केन्द्रिय पार्टी निर्देशनले आफ्ना दलका बागी उम्मेदबारहरुका उम्मेदबारी फिर्ता गराउने रणनीति भएपनि उदयपुरको पालिकाहरुमा फिर्ता गराउन सकेन ।

माओबादी केन्द्र जिल्ला पार्टीले प्रदेश कमिटिको निर्णय भन्दै–“राजीनामा दिएर बसेका मेजर राईलाई पुनः अध्यक्षको टिकट दिएपछि अर्का आकांक्षी किरातीलाई पाखा लगाका थिए , मेजरलाई जिल्ला संयोजक बिनोद कटुवालले सुटुक्क टिकट दिएको भन्दै किरातीले बिद्रोह गरि स्वतन्त्र (बागी)मा आफ्नो उम्मेदबारी मनोनयन दर्ता गराएका थिए ।”

सो पालिकामा पार्टीका तीन आकांक्षी उम्मेदबार मध्ये २ जनालाई छलफलमै नराखि मेजरलाई आफू खुशी टिकट दिएको भन्दै माओबादी केन्द्र उदयपुरका जिल्ला संयोजक बिनोद (दिबस) कटुवालसंग अर्का आकांक्षी महेश्वर चाम्लिङसमेत रोष प्रकट गरि चिडिएका छन् ।
पालिकाको अध्यक्षमा चाम्लिङको दाबेदारी रहेको उनी तेस्रो बरियतामा रहेको पार्टी निकट स्रोतले जनाएको छ । “राई र किराती दुबैमा सम्झौता नभए तेस्रो ब्यक्ति चाम्लिङको पालिकामा अध्यक्षको टिकट सुनिश्चितता जस्तै थियो । तर,ती सबै सपना हाबाले उडाईदिएको भन्दै चाम्लिङले आक्रोसित भाबमा संयोजक कटुवालप्रति गरेका छन् । ”

संयोजक कटुवालले आफ्ना गुटमण्डलेलाई टिकट दिएको आरोप लाग्दै आएको छ । किरातीले भने –“टिकट बोकेर आएका संयोजक कटुवाल मोबाईल अफ गरि केही समय सम्पर्क बिहीनसमेत भएको र सम्पर्कमा आउँदा मेजरलाई टिकट दिईसकेको रहेछ । आकांक्षी उम्मेदबारहरुबीच छलफल नै नगरि टिकट दिएको खुलासापछि संयोजक कटुवाल र किरातीबीच बिबाद चर्किएर उग्र रुप लिएको पालिका कमिटीका उपाध्यक्ष दिनेश राईले जानकारी थिए ।

लिम्चुङबुङका बिषयमा संयोजक कटुवालले टिकटमा आर्थिक सौदाबाजी गरेको आरोप लागेको पार्टीपंक्तिका गोप्य स्रोतको दाबी रहेको छ ।”
मेजर राईको टिकट हात लागिसकेपछि संयोजक कटुवाललाई किरातीले आर्थिक लिप्तको आरोपसमेत लगाएको छ । संयोजक टिकटको हलकरा भएपछि कटारी नगरपालिकामा माओबादी केन्द्रकोतर्फबाट आफैले राखेको महिला नेतृहरुको आक्रोशसमेत चुलिदै आएको छ ।
कटारी नगरपालिकामा उपमेयरमा महिला नेतृहरुकालाई नगरपार्टीले सिफरिस गरेका थिए तर,संयोजक कटुवाललाई मेयर पदका लागि प्रदेशमा सिफारिस गरिएता पनि टिकट ल्याउने हलकरा कटुवाल आफै भएकोले सो पालिकाका महिला नेतृहरुलाई उपमेयरको टिकट नदिई धोती फर्काईदिएका बिद्रोही समुहको आरोप खेपिरहेका छन् ।

सो क्षेत्रमा गठबन्धनतर्फ नेपाली कांगे्रसलाई मेयर र माओबादी केन्द्रलाई उपमेयरको भाग लागे अनुरुप संयोजक कटुवालको स्वयच्छााचारी ढंगले उपमेयरको टिकट आपूmले नै लिएको माओबादी केन्द्रको बिद्रोही स्वतन्त्र(बागी)उम्मेदबार केपी बरालको आरोप छ ।

 

माओबादी केन्द्र बिद्रोही पंक्षले आफ्नो उम्मेदबारहरुका लागि चुनाबी मैदानमा होमिएको जिल्ला नेता यदुप्रसाद ढकालले जानकारी दिए ।
एकापटी गठबन्धनका साझा उम्मेबार, अर्कापट्टी समान पदका बागी उठेको उम्मेदबारबीच कडा प्रतिष्र्धाले पार्टीपंक्तिमा बिद्रोह र क्षतिको सिमा एकिन गर्न कठिन हुने बताएका छन् ।
जिल्ला पार्टीमा “माओबादी केन्द्रको साख राख्न र समस्या हलका लागि जिल्ला संयोजकले राजिनमा दिएर अघि बढ्नु पर्ने समेत ढकालले सुझाएका छन् । ”

त्रियुगानगरपालिकामा गठबन्धन माओबदी र बिद्रोही माओबादीबीच एकै उपमेयर पदका लागि “गीता खड्का कार्की भर्सेज् सबिता थापा” लड्ने भएका छन् भने लिम्चुङबुङमा पालिका अध्यक्षका लागि “मेजर राई भर्सेज् होम किराती ”चुनाबी मैदानमा उत्रिएका छन् ।
थापा र किराती बिद्रोहीपंक्षका माओबादी केन्द्रका हुन् भने खड्का र राई गठबन्धनको उम्मेदबार हुन् ।

जिल्ला पंक्तिमा गुटउपगुट सिर्जना गरि संयोजन गर्ने संयोजक कटुवालको कारण पार्टीभित्र बिद्रोहको खडेरी परेको नेता भीमबहादुर अधिकारी (अनिल)ले जानकारी दिनुभयो ।

एकै पार्टीभित्र जिल्ला संयोजकको ब्यक्ति केन्द्रित छलफल र अदुर दृष्टिका कारण उदयपुरमा माओबादी केन्द्र तहसनहस बनेको स्थानीय चुनाबले देखाएको छ । बेलैमा पार्टी नेतृत्व नसुध्रिने हो भने, “न रहन्छ बाँस ,न बज्छ बाँसुरी” भने झैं बेलैमा होश फिराउने ओखती लिनु पर्ने देखिन्छ ।