०७ जेठ २०८१, सोमबार

नेकपा माओबादी बिद्रोहको बागी कटारी नगरप्रमुख उम्मेदबार ः केपी बराल

म र मेरो उम्मेदबारी नो रिर्टन कम ब्याक भनेको हुँ ।

संबाददाता: उदयपुर

१६ बैशाख ।
नेकपा माओबादी केन्द्र उदयपुरको नेता केपी बराल पार्टी बिद्रोह गरि स्वतन्त्र बागी नगरप्रमुख पदका लागि मनोनयन दर्ता गरेको छ । बागी बरालको कटारी नगर क्षेत्रमा जितको सम्भाबना भएकोले उनले स्वतन्त्र मेयर पदका लागि चुनाबी मैदानमा उत्रिन बाध्य भएको जनाएको छ । गठबन्धनका लागि हाम्रो पार्टीको जिल्ला संयोजक आफै लम्पसार भएकोले मैलै स्वतन्त्रमा चुनाब उठ्ने निर्णय लिएको हो  ।

कटारी नगरपालिकाको मेयर पदका लागि जिल्ला संयोजकको काँचो निर्णय र पार्टीभित्रको अबमूल्यांकनले मैले स्वतन्त्र उम्मेदबारी दर्ता गराएको हुँ । म र मेरो उम्मेदबारी नो रिर्टन  ब्याक भनेको हुँ ।

चुनाब भनेको पकेटका नेता र कार्यकर्तको लागि मात्र टिकट दिने झोले प्रथाका लागि मेरो उम्मेदबार हो । म स्वतन्त्र उम्मेदबार भए पनि चुनाबी मैदानमा जितको उम्मेदबारी भएकोले मैले उम्मेदबारी मेयरको पदमा गठबन्धन इतर बागी उम्मेदबार भएको जानकारी दिनुभयो ।
लामो समय कालदेखि पार्टीभित्र काम गर्दै आएको भए पनि गठबन्धनको नाममा पार्टी संयोजक उपमेयरमा जानु नेकपा माओबादी केन्द्र उदयपुर सकिनु हो ।

गठबन्धनको खेलमा परि जिल्ला पार्टी संयोजक बिनोद कटुवाल (दिबश)ले कटु बिचार राखी आफू केन्द्रीत  चुनाबमा उम्मेबारी दिनु पार्टीका लागि घातक सिद्ध हो , उनको पार्टी संयोजकप्रति आक्रोश रहेको छ । पटकपटक फोन गर्दा समेत केही जबाफ नआएको हुदा मेरो बागी उम्मेदबारी परेको हो । अब  नो रिर्टन  ब्याक हुने दाबी बरालले गरेको छ ।

आफ्नो चुनाबी तालमेल  मनोनयन  फिर्ता समय गुज्रिसकेपछि तय हुने समेत डोनेखबरलाई जानकारी दिनुभयो ।