०७ जेठ २०८१, सोमबार

उदयपुरको त्रियुगा नगरपालिकामा २० हजार बराबर मतले बिजय सुनिश्चत

सामरिक अड्डाहरुको थलो रहेको त्रियुगा नगरपालिका

संबाददाता: उदयपुर

 

गाईघाट,१३ बैशाख ।
उदयपुरको समदरमुकाम गाईघाट अबस्थित त्रियुगा नगरपालिका अन्य पालिकाभन्दा महत्वपूर्ण पालिका रहेको छ । प्रादेशिक सरकार तथा केन्द्रिय सरकारको मातहतमा रहेका सबै सामरिक अड्डाहरुको थलो रहेको त्रियुगा नगरपालिकाको मतदाता संख्या सबैभन्दा बढी रहेको छ । स्थानीय ,प्रादेशिक र संघीय सरकारी सेवा सुबिधा तथा सरोकारबाला सबै संघसंस्थाको मूल थलो भएको हुँदाले त्रियुगाको जनसंख्या पनि दोब्बर रहेको छ।
निर्बाचन कार्यालय उदयपुरको अधिकारी खेमराज कोईरालाका अनुसार त्रियुगा नगरपालिकामा १६ वटा वडा रहेका छन् । जसमा कुल जनसंख्या १ लाख ४ हजार ३ सय ७५ जना मध्ये पुरुष ४९ हजार ५ सय १४ जना र महिला ५४लाख ८ सय ६१जना रहेका छन् भने २ जना यौन अल्पसंख्यक रहेको समेत जनाकारी दिनुभयो ।

सो नगरपालिकाको कुलमतदाता संख्या ६० हजार ४६ जना रहेको छन् । जसमध्ये पुरुष २९ हजार ६सय ९३ जना , महिला – ३०३१५जना र अन्य – २ जना लिङगका रहेको छन् भने मतदान स्थल २५ र मतदान केन्द्र ७० रहेको छ ।
जिल्लाका अन्य ३ नगरपालिका भन्दा बढी जनसंख्या रहेको सो पालिकामा चुनाब जित्नलाई २० हजार बराबरको मत ल्याउनुपर्ने जिल्लाका पार्टी नेता कार्यकर्ताहरुको दाबी रहेको छ ।

जिल्ला निर्बाचन कार्यालय बोक्से उदयपुरका अनुसार सदरमुकाम गाईघाटमा मूख्य निर्बाचन अधिकृतको कार्यालयमा राखिएको छ ।त्रियुगा नगरपालकाका लागि निर्बाचित पद संख्या – १ मेयर १. उमेयर र १६ वडाका वडाध्यक्ष, खुला , समाबेशी महिला ,दलित (सदस्य) समेत गरि जम्मा ८२ पद रहेको जानकारी दिए ।

त्रियुगामा ८२ पदका लागि ३ सय ८० मनोनयन दर्ता जसमध्ये प्रमुख पदमा –१३ जना उपप्रमुख – ११ जना रहेको छ भने प्रमुख पदका लागि १० राजनीतिक दल र स्वतन्त्र ३ जना उम्मेदबारको मनोनयन दर्ता भएको मुख्य निर्बाचन कार्यालय उदयपुरले निर्बाचन अधिकृत दिपक खनालले जनाएको दिनुभयो ।

राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदबारको (पूर्ण बिबरण फोटोसहित )
गठबन्धन – (नेकपा एस, माके )
१. प्रमुख – बलदेब चौधरी – नेकपा एकिकृत समाजबादी (गठबन्धन)
२. उपप्रमुख – गीता खड्का कार्की – नेकपा माओबादी केन्द्र (गठबन्धन)
२.नेपाली कांग्रेस १.प्रमुख –बसन्त बस्नेत २.उपप्रमुख– सरिता राई
३ एमाले प्रमुख – १ .भागवत राउत २.उप प्रमुख – महेश्वरी राई
४.जनता समाजबादी पार्टी १. प्रमुख – मञ्जु राई २.उपप्रमुख – बिनोद चौधरी
५.राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी, (राजेन्द्र लिङदेन निकट)
प्रमुख – हरिबहादुर राउत ,उपप्रमुख – रामवती चौधरी
६.राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (कमल थापा निकट)
प्रमुख – रामकुमार कटुवाल , उपप्रमुख गंगादेबी बिक
७.लोकतान्त्रिक समाजबादी पार्टी नेपाल
प्रमुख – दया राम चौधरी ,उपप्रमुख – बसन्तीदेबी झा
८.सचेत नेपाली पार्टी
प्रमुख – योगराज कार्की , उपप्रमुख – मन्दिरा बुढाथोकी
९.जनता प्रगतिशील पार्टी नेपाल प्रमुख – सेपईमराईन
१०. मौलिक जिरो किलो पार्टी प्रमुख –गुरुदेब कार्की
स्वतन्त्र उम्मेदबार मनोनयन दर्ता
१.प्रमुख –चित्रकुमार कार्की
२.प्रमुख – नारायण कुमार खड्का
उप–प्रमुख
१. साबित्रा थापा (नेकपा माओबादी गठबन्धन बिद्रोही)
२.रामकिसन सदा (बिप्लब निकट नेकपा माओबादी)
३. राजन ढकाल (स्वतन्त्र)