०७ जेठ २०८१, सोमबार

उदयपुरको त्रियुगामा १०राजनीतिक पार्टी भिड्दै,गठबन्धनको पकड

स्वतन्त्र उम्मेदबारहरुको बिगबिगी ,

संबाददाता: उदयपुर

उदयपुर ,१३ बैशाख । गठबन्धनमा “माओबादी केन्द्र र नेपकपा एस” अन्य दलभन्दा निकै बलियो देखिएको छ । केन्द्रिय सर्कुलेसन बिपरित त्रियुगा नगरपालिकामा एकल चुनाबी मैदानमा अबतरण नेपाली कांग्रेस र एमाले पनि निकै कडा रुपमा बाजी जित्ने चुनाबी मैदानमा आफ्ना परेडलाई तिब्रता दिएको छ ।

बैशाख ३० को मत पोलिङ (भोट हाल्ने) नजिकीदै आएको बेला ११र १२ को मनोनयनपछि आज मंगलबारबाट मतदाताका घरआँगनमा भोट माग्न नेताकार्यकर्ताका साथ उम्मेदबारहरु टोल गाउँबस्ती छिरेको छन् ।

एकल,गठबन्धन र स्वतन्त्र उम्मेदबारहरुको चुनाबी बिगबिगीले स्थानीय सरकार बन्ने माहौल ह्वात्तै तातेको छ ।पहिलो कार्यकालको संबैधानिक अडचनलाई छिचोल्दै नयाँ परिबेशमा प्रबेशको त्रियुगा नगरलाई बहुआयामिक बनाउन सबैभन्दा रोजाईको पहिलो पार्टी गठबन्धन बनेको छ । बिकासको लहरमा प्रबेश अनुभबी मेयरले राजीनामा दिएर पुनः चुनाबी मैदानमा अबतरण गरिनु निकै चासोको बिषय बनेको छ ।

“बिकास अनुभबको संगालो हो,जनता भोटको भंगालो होे, गठबन्धनको उम्मेदबारलाई भोट गर्नु मेरो समृद्ध नगर बन्नु हो । ” भन्दै त्रियुगाको अधुरा सपना पुरा गर्न मेरो एक भोट बाम गठबन्धनमा हो भन्दै सामान्य मतदाताले निकै भाबुक बनि आप्mना समुदायमा सुनाएको थियो । अरुभन्दा अनुभब बटुलेका मेयर नै ल्याउनु पर्छ भनि अरुप्रति सहानुभूति देखाएको छ ,ठूला घरे काईलोले ।

अब अरुलाई होईन पहिलोलाई नै मेरो भोट भनि काईलोले एक सर्बसाधरण नगरबासीले भने । ” नगर बिकासमा आहुती दिने सन्त मेयरको चुनाबी यात्रा कठिन भएपनि सफल बनाउन उनको आशा अझै जिउँदै रहेको ठूला घरे काईलोले भने ।

हामी हलि,किसानी ,मजदुरीका आँहालमा परेको जनातालाई बिकास दिएकोमा उनी निकै खुशी भएका थिए । पहिलो कार्यकाल नीतिको हो, अबको कार्यकाल बिकासका लागि हो । यो बेला अनुभबी मेयरको लागि हामीले चुकाउनु हुुन्न भनि अरुलाई उनले निकै सुझाएको समेत थिए ।