०७ जेठ २०८१, सोमबार

उदयपुरमा आफ्नि श्रीमतिको दाउराले हानि हत्या

शौच गरेकि श्रीमतिको चिर्पटले हानि हत्या

संबाददाता: यमन राईडोने

उदयपुरको कटारी नगरपालिका ५ सिसाघरिमा आफ्नै श्रीमानले शौचालय बसिरहेका आफ्नि श्रीमतिको दाउराको चिर्पट प्रहार गरि हत्या गरेको छ ।

सोमबार भएको हत्यामा ४२ बर्षिय पोष्टराज दाहालले ३४ बर्षिया नानुमाया दाहालको हत्या गरेको इलाका प्रहरी कार्यालयको नायब उपरीक्षक मान बहादुर राईले जानकारी दिनुभयो ।

श्रीमतिले शौच गरिरहेको अबस्थामा टाउकोमा दाउरा चिर्पट प्रहार गरि घटना स्थलमै ज्यान लिएएको प्रहरीले जनाएको छ ।कर्तव्य गरि हत्या गरेका दाहाललाई प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान गरि रहेको छ भने नानुमायाको शब उनको भाईले पोष्मार्टम गरि बुझिलिएको प्रहरीले जनाएको छ ।