०७ जेठ २०८१, सोमबार

उदयपुरको ८ पालिकामा १ हजार ७७ जनाको मनोनयन

४ नगरपालिका र ४ गाउँपालिका

संबाददाता: उदयपुर


उदयपुर,१४ बैशाख ।
उदयपुरको ८ पालिकामा १ हजार ७७ जनाको मनोनयन दर्ता भएको छ ।
जसमध्ये ४ नगरपालिका र ४ गाउँपालिका रहेको छ । ती ४ नगरपालिकामा ४० प्रमुख र २९ उपप्रमुख चुनाबी मैदानमा उत्रिएको छ भने ४ गाउँपालिकामा २४ अध्यक्ष र १४ उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भएको मूख्य निर्बाचन अधिकृत दिपक खनालले बताउनु भयो ।

त्यसैगरी जिल्लाका ७५ वटा वडामा २सय ७४ जना चुनाबी मैदानमा उभिएको छ । महिला सदस्यमा पनि भारी संख्यामा उम्मेदबारी मनोनयन दर्ता गरेको छ । ७५ जनाकोे सदस्यमा १सय ८१ जनाको मनोनयन दर्ता भएको छ ।

खुला सदस्यमा ३ सय ५२ जना र समाबेशी दलित महिला सदस्यमा १ सय ६३ जनाको उम्मेदबारी मनोनयन दर्ता भएको मुख्य निर्बाचन अधिकृत खनालले जानकारी दिनुभयो ।