०७ जेठ २०८१, सोमबार

युक्रेनबाट अहिले सम्म २५ लाख नागरिक पलायन

दुबै देशका हजारौँ सेना र नागरिकको मृत्यु

संबाददाता: संबाददाता

एजेन्सी फागुण २८ । रुस र युक्रेन युद्ध शुरु भएको १७ दिन पुगेको छ । यस अवधिमा रुसी सेनाले युक्रेनका दर्जनौ शहरहरुलाई क्षतिग्रस्त बनाएको छ । भईसकेको छ ।
यस बीचमा पटक पटक भएका वार्ताहरु पनि निष्कर्ष बिहीन हुँदा युद्ध जारी छ । युक्रेनबाट अहिले सम्म २५ लाख नागरिक पलायन भईसकेको सँयुक्त राष्ट्रसंघको अनुमान छ ।
रुसी सेनाले आज थप हमला व्यापक बनाएको छ । खारकिभ, राजधानी किभ र मोरियापोल बन्दरगाह शहरमाथि रुसको हमला तीव्र भएको छ ।
रुसले किभलाई अन्तिम प्रहार गर्न ठूलो संख्यामा फौज किभको तीन तिर ५ किलो मिटर नजिक पुरयाएको छ ।
युक्रेनले किभलाई किल्लामा परिणत गरेको छ । बाटोहरु अबरुद्ध पारेको छ भने पुलहरु भत्काएको छ । नागरिक तथा विदेशी नागरिकहरुलाई सेनामा भर्ती गरीरहेको छ । राष्ट्रपति जेलेन्सकी पनि तत्काल हार मान्ने पक्षमा छैनन् । उनले सक्दो प्रतिरोध युद्ध चलाईरहेका छन ।
यसैबीच अमेरीकी राष्ट्रपति जो बाईडेनले रुस बिरुद्ध अमेरीकाले युक्रेनमा युद्ध नगर्ने पुनः स्पष्ट पारेका छन् । उनले युक्रेनमा हस्तक्षेप भनेको सिधै तेस्रो विस्व युद्ध हुने भएकाले त्यो अमेरीकाले नगर्ने स्पष्ट पारे ।
नेटो देश पनि यो युद्धमा सामेल नहुने बाईडेनले बताए । जेलेन्सकीले नेटोले बचन मात्र दिएको युद्धमा साथ नदिएको भन्दै आलोचना गर्दै आएका छन् ।
युरोप र अमेरीकाले रुसमाथि एक पछि अर्को कडा प्रतिवन्ध लगाउदै रुसलाई गलाउने नीति लिएपनि रुस पछि हटेको छैन ।