०७ जेठ २०८१, सोमबार

बन्दकर्तालाईअटोले ठक्कर दिई फरार

संबाददाता: संबाददाता

उदयपुरको सदरमुकाम गाईघाटमा दिउसो पौने १ बजे बन्दकर्तालाई एक अटोले ठक्कर दिई फरार भएको छ ।

नम्बर पहिचान हुन नसकेको रातो प्याजिओ अटोले ठक्कर दिदा त्रियुगा नगरपालिका ११ का १८ बर्षिय मनिष बराईलि घाइते भएका छ्न । घाईतेको आखा नजिक काटिएको हातमा चोट लागेको छ ।
स्थानीय उदयपुर त्रियुगा अस्पताल गाईघाटमा उपचार भईरहेको छ । बजारको मुख्य चोकमा तैनाथ भएका सुरक्षाकर्मि र बन्दकर्ताहरुले अटोलाई पिछा गर्दा समेत तिब्र गतिको अटोको नम्बर पहिचान हुन नसकेको एक आन्दोलनकारिले बताए ।

मुख्यचोकको र बजारको सिसिटिभि क्यामेराले काम नगरेको भन्दै प्रहरी प्रमुख उपरीक्षक शुबाष चन्द्र बोहोराले बताए । केहिदिन अघि गाईघाटको सिसिक्यामेराले ८० प्रतिशत काम नगरेको गोरखापत्र दैनिकक स्थानीय अनलाईन पत्रपत्रिकाले समाचार प्रकाशित गरेको थियो ।

प्रहरी यसै इसुलाई बहाना बनाएर ठक्कर दिने अटो सबा घण्टा भैसक्दा समेत अटो पक्राउ गर्न सकेको छैन ।
एमसिसि बिरोधकर्ता बिप्लब समुह माओबादि कार्यकर्ता रहेको उदयपुर ओखलढुंगा इन्चार्ज बिबेकले बताए ।

टक्कर दिएर भागेको अटोलाई प्रहरी खोजि कार्य तीब्र गतिले गरिरहेको ट्राफिक प्रहरि कार्यालय उदयपुरले जनाएको छ ।