०७ जेठ २०८१, सोमबार

उदयपुरमा नहरमा डुबि ३ बर्षिय बालकको मृत्यु

खेल्ने क्रममा पानीमा डुबि अचेत अबस्थामा आमाद्वारा फेला

संबाददाता: यमन राईडोने

उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित नहरमा डुबि एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा घर भई हाल नगरपालिकाको ७ नम्बरमा बस्दै आएको मधुसुधन अधिकारीको ३ बर्षिय छोरा लेखनाथ अधिकारि रहेको छ ।

दिउसो १ बजे तिर खेल्ने क्रममा नहरमा डुबि अचेत अबस्थामा बालक छोरा आमाले फेला पारेकि थिईन । तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो । उपचारको क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरि कार्यालय उदयपुरले जनाएको छ ।

मृतक बालकको पोष्ट मार्ट्मका लागि जिल्ला अस्पतालको शब गृहमा राखिएको जिल्ला प्रहरि कार्यालयको निरीक्षक मोहन थापाले बताए । आज अबेर भैसकेकोले पोस्टमार्टम हुन नसकेको समेत निरीक्षक थापाले बताए ।

घटनाको अनुसन्धान भैरहेको समेत उहाले जानकारि दिनु भयो । अधिकारि दम्पति केहि बर्षदेखि दोलखाबाट यताबस्दै आएको थिए ।