०७ जेठ २०८१, सोमबार

पार्किङको स्कारपियो र एक मोटर साईकल आगजनि

घरमा राखेको स्कारपियो कार आगजनि

संबाददाता: यमन राईडोने

गाईघाट  । उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाटमा पार्किङ गरि राखेको स्कारपियो र एक मोटर साईकल आगजनि भएको छ ।

स्थानिय किसान राईको घरमा पार्किङ गरि राखेको प्रदेश १ -२-००२च ४३८५ नम्बरको स्कारपियो गाडि र स ३ प २२८३ नम्बरको मोटर साईकलमा मध्यन्न १ बजे राति आगजनी भएको राईले बताए ।

आगजनी भएको १ घण्टापछि नगरपालिकाको दमकल र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । उक्त स्कारपियो र मोटर साईकल जलेर पुर्ण नष्ट भएको छ । आगजनिमा एक पुरुषलाई सन्काको घेरा बन्दि भित्र राखि प्रहरीले नियन्त्रणमा लिएको गाडि धनि राईले बताए ।

आगो नियन्त्रण पछि एक जनालाई पक्राउ गरिएको र अपराधिहरुको खोजि कार्य भईरहेको जिल्ला प्रहरि कार्यालय उदयपुरको एस्पि सुबाश चन्द्र बोहोराले जानकारि दिनुभयो । घटनाको तिब्र अनुसन्धान भैरहेको समेत उहाले बताउनुभयो ।