०७ जेठ २०८१, सोमबार

लिम्चुङबुङका किसानलाई मिनिटिलर वितरण

संबाददाता: डोनेखबर

लिम्चुङबुङ गाउँपालिकाले पाँचवटै वडाका कृषि समूह तथा किसानलाई मिनिटिलर वितरण गरेको छ। कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले किसानलाई मिनिटिलर वितरण गरेको हो।

कृषि समूह र किसानलाई गाउँपालिकाले २४ वटा मिनिटिलर वितरण गरिएको गाउँपालिकाका कृषि विकास अधिकृत जन्जित अधिकारीले जानकारी दिए। अध्यक्ष कृषि परियोजनाअन्तर्गत किसानलाई आवश्यकताको आधारमा कृषि औजार उपलब्ध गराएको अधिकारीले बताए। ६० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको हो।

गाउँपालिका अध्यक्ष मेजर राईले कृषिमा प्रविधिको प्रयोगले किसानको जीवनस्तर उकास्न भूमिका खेल्ने बताए। अध्यक्ष कृषि परियोजना कार्यक्रम ल्याएर गाउँपालिकाले कृषि क्षेत्रमा उल्लेखनीय फड्को मारेको समेत अध्यक्ष राईले बताए।

अध्यक्ष कृषि परियोजनाअन्तर्गत गाउँपालिकाले धान, कमैमा लागेको फौजी किरा नियन्त्रणका लागि किसानलाई विषादी वितरण गर्नुका साथै विभिन्न किसिमका तरकारीका बिउ वितरण गरेको र तरकारी उत्पादन गर्न आवश्यक पर्ने ‘टनेल’ सुन्तोला, कागती, लिची, एभोकाडोलगायतका बोटविरुवाहरु समेत निःशुल्क वितरण गरेको गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ।