०७ जेठ २०८१, सोमबार

छोरीको लबकेटालाई फसाउने नियतमा बाबु पर्शुराम पेस्तोलसहित प्रहरी फन्दामा

संबाददाता: डोनेखबर

यमन डोने
उदयपुर, ३ अषाढ ।
आफ्नै घरमा आएको छोरीको लबकेटोलाई फसाउने नियतमा बाबु प्रहरी फन्दामा परेको छ । अबैध रुपमा लुकाई राखेको पेस्तोल र ५ राउण्ड गोलीसहित उनी पत्रकाउ परेको हो ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका नगरपालिका ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरी रहेको हो । पक्राउ परेको चौधरीको कान्छी श्रीमतिको घरबाट अटोमेटिक मेड इन य ुएस ए लेखिएका पेस्तोल सहित ९एमएम का ५ राउण्ड गोली समेत बरामत भएको आज(बिहीबार) प्रहरीले पत्रकार सम्मेलन गरि चौधरीलाई सार्बजनि गरिएको हो ।

उनको कान्छी श्रीमति श्यामकुमारी चौधरीको छोरी र सप्तरीको सुरुङगा नगरपालिका ८ का २३ बर्षिय बबि चौधरीको प्रेम सम्बन्ध रहेका कारण छोरीका लबकेटो बबि घरमा आएको मौका छोपी बबिलाई फसाउने नियतले पर्शुरामले पेस्तोल कान्छी जहानको घरमा लुकाई राखेको प्रहरीले बताएको छ ।
चौधरीको घरबाट अखिल नेपाल ट्रेड यूनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली नेकपा माओदाबादी केन्द्र सदस्ता र अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र ८५ थान समेत प्रहरीले बरमत गरेको छ ।

उनी द्धन्द्ध कालिन माओबादीको लडाकु रहेका थिए । उनीसित युद्ध कालिन हतियार नै भएको खुलासा भएको छ । पछिल्लो समयमा पक्राउ परेका चौधरी जनता समाजबादी पार्टी उदयपुरका जिल्ला कमिटी सदस्य रहेको छन् ।

बर्तमान समयमा उनी चन्दा असुली कार्यमा लागेको प्रहरीको प्रारम्भीक अनुन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयको प्रमुख उपरीक्षक भीमबहादुर दाहालले बताए । चौधरीलाई हात हतियार तथा चन्दा असुली मुद्धा अगाडि बढाउने एस्पी दाहाले बताए ।
फुटेज एफटिपीबाट जान सकेन । हेर्दिनु होला सर । फोटो न्युज मेलमा छ ।